उदयपुर । उदयपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाको ताप्ली गाँउपालिका–२ धपेनीमा बुधबार साँझ करिव ६ बजे भएको जीप दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ । जीप सडकबाट झण्डै डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् ।
ताप्लीकै रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत नभएको प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।
दुर्घटनामा परी चालक आशिष मगर, मतिलाल राई, बाबु राई र रसमाया राई गम्भीर घाइते भएका छन । उनीहरुलाई उपचारका लागि कटारी अस्पताल ल्याइदै गरेको प्रहरीले बताएको छ ।
त्यसैगरी बुधबार साँझ उदयपुरको सदरमुकाम गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अटो आँखा अस्पताल नजिक अनियन्त्रित भइ दुर्घटना हुदाँ त्रियुगा नगरपालिका – ७ की २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ । यस्तै त्रियुगा नगरपालिका ७ बस्ने बर्ष २० की मन्दिरा बस्नेत टाउकोमा चोट लागि गम्भिर घाइते भएकी छिन् । घाइतेलाई बिराटनगर रेफर गरिएको छ भने सोही वडाकी ६० वर्षिय गोबिन्द कार्कीको नाकमा चोट र अर्का ३७ वर्षिय मञ्जु दनुवार सामान्य घाइते भएका छन् । टेम्पो चालक २८ वर्षीय हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया