कटारी । जिल्लाको कटारी नगरपालिकामा दलित भएको थाहापाएपछी परिवार मिलेर हत्या गरेको रहस्य खुलेको छ ।

कृपया यो पेज Like गर्नु होला

कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य खुलेको हो ।

१४ कात्र्तिक २०७४ मा सिम्लेस्थित जंगलमा सडेको अवस्थामा शव फेला परेको थियो । लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए । ‘सुजनलाई पक्राउ गरेपछी अन्य दुईजना काठमाडौंमा रहेका खुल्नासाथ पक्राउ गर्यौ’, ’डिएसपी केसीले भने, ‘फरार तीनैजना पक्राउ गर्न नियमित अनुसन्धान गरिरहेका थियौं ।’

अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै डिएसपी केसीले जिल्ला अदालतमा पेश गरेको र आइतबारनै जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । २ वर्ष अघि नै मृतक परिवारले प्रहरीमा जाहेरी दिएको समेत प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले २ वर्ष लामो अनुसन्धानपछी हत्या भएको निष्कर्षका साथ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया