उदयपुरमा आज विहिबार विहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो । भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६० बर्षिय सेत बहादुर श्रेष्ठ, ५० बर्षिय ढकबहादुर स्मालीमगर र ३६ बर्षिय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिनु भयो । भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाईएको छ । बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन । ३ जना गम्भिर घाईतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भईरहको स्थानीय देव गीरीले बताउनु भयो । नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाईको छ । घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटना स्थल तर्फ खटाईएको जिल्ला प्रहरी प्रमुख एसपी बीर बहादुर बुढा मगरले जानकारी दिनु भयो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया