गाईघाट । रौतामाई ५ मा हर्क बहादुर राईको गोठ अज्ञात रोगको कारण रित्तो बनेको छ । शुक्रबार बेलुकी सन्चै घाँस हालेर बाँधेको हर्कबहादुर गोठका सबै चौपाया मृत फेला परेका हुन । रौतामाइ गाउपालिका वडा न ५ को मझौले स्थितमा गोठमा घाँस हालेका पशु बिहान हेर्दा सबै मरेको अबस्था मा भेटिएको थियो । के कति कारणले चौपायाको मृत्यु भयो भन्ने कारण खुल्न सकेको छैन । हर्कबहादुरको तिन वटा गोरु र एउटा दुध दिने गाई मृत अवस्थामा फेला परेको रौतामाई गाउँपालिकाले जनाएको छ । गाउपालिकाको पशु शाखाको टोली घटना स्थल पुगेर चौपाया मर्नुको कारण अनुसन्धान सुरु गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया