गाईघाट । जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाहरुले अस्पतालको निरिक्षण गरेको छ । जिल्ला फुटवल संघको अगुवाईमा अस्पताल निरिक्षण गरिएको हो । अस्पताल निरिक्षण पछि युवाहरुले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने भएको छ । नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले सामाजिक संजालमा फोटो सहित यस्तो लेखेका छन ‘अस्पताल निरीक्षण पछि आज हामी युबाहरुले जिल्ला अस्पताल उदयपुरको निरिक्षण गरियो, यो गरिब दुखी उदयपुरे खास गरि त्रियुगा नगरपालिकाका जनसमुदायले उपचारार्थ प्रयोग हुने अस्पतालको अबस्था सुधार गर्नको लागि आफ्नो ठाउँबाट के गर्न सक्छौ ? समस्याको समाधानको लागि अस्पताल बिकास समितिका अध्यक्ष जि.स.स. प्रमुख खडग परियार तथा नगर प्रमुख बल्देभ चौधरीको ध्यानाकर्षण गराइएको छ। साथै अस्पताल ब्यबस्थापन प्रमुखलाई न्युनतम सर्सफाई, अन्धकारमय अस्पतालको बत्ती मर्मत , अनावश्यक झाडी फडानी, सरकार बाट निसुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्य द्दछरघण् प्रकार को औषधि मात्र उपलब्ध भएको लगाएतका समस्या देखिएकोले एक साता भित्र सुधार गर्ने प्रतिबद्धता लियर आएका छौ ! यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकार वालाको हैसियतले समजिक अभियान थलिनेछ! अस्पताल सुधारको लागि सबै जुटौ सबैमा अपिल गर्दछु !

कृपया यो पेज Like गर्नु होला


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया