कृपया यो पेज Like गर्नु होला

गाईघाट । पुर्व पश्चिम राजमार्गको हरिपुर क्षेत्रमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए। सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो। उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो । मृत्यु हुने उदयपुर त्रीयुगा नगरपालिका १० बस्ने राजेश दनुवार, दुर्गाधन राइ, टेकेन्द्र राइ, तुलाबहादुर राइ, उद्धव राई, दिनेश राइ, सिबमाया राइ रहेका छन् ।

तपाईको प्रतिक्रिया