विजय कार्की
बेल्टार । मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुदाँ आज एक जनाको ज्यान गएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिका–९ भिमामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो । थप एक भने एक गम्भिर घाइते भएका छन् ।
बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका–३ का २३ वर्षीय दीपक बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक बुद्धिराम चौंलागाईले जानकारी दिनु भयो ।
‘मोटरसाइकलमा पछाडि रहेका २४ वर्षीय रमेश बिक भने सामान्य घाइते भएका छन’ प्रहरी निरिक्षक चौंलागाईले भन्नु भयो ‘घाइते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको लागि लगिएको थियो ।’ तर टाउकोमा गहिरो चोट लागेका दिपकको भने उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक चौंलागाईले बताउनु भयो । उनी मृतकका दाजु समेत हुन्। (फोटो क्रेडिट : बिजय परियार)

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया