अभी लामीछाने

कृपया यो पेज Like गर्नु होला

कटारी । उदयपुर नेपालीहरूको महान पर्व तिहारको अवसरमा उदयपुरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कटारी नगरपालिका २ गिद्दबर युवा समाजको आयोजना गिद्दबरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद कला घले सहित कांग्रेस क्षेत्रीय सभापति राम कुमार खत्री, कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापा लगायत बिशिष्ट व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको गिद्दबर युवा समाजका अध्यक्ष अमृत खड्कालेबताए । कार्यक्रममा प्रदेश सांसद कला घलेले यस्ता सांस्कृतिक गतिबिधीले नेपाली लोक संस्कृतिको संरक्षण र प्रबर्द्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा लोक स्टारमा तेस्रो हुने राष्ट्रिय कलाकार बिनोद दनुवार र हास्यटेलीसृंखला मेरी बास्सैका कलाकार बिनोद राई (घ्याम्पे सुब्बा) ले धुम मच्चाउन सफल भएका छन् । राष्ट्रिय कलाकारहरु को बेजोड प्रस्तुती रहेको थियो। उदयपुरमा जन्मिएका गायक बिनोद दनुवारले गाउदा दर्शक सहित अतिथि समेतले स्टेज अगाडी नाचेका थीए। गायक दनुवारले लोकभाका, स्थानीय तथा पुर्बेली भाका,लगायतका आफ्ना फरक खालाका करिव आधा दर्जन गित प्रस्तुत गरेर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरेका थिए ।साथै ग्याम्पे सुब्बाले आफ्नै प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थीए। यस्तै गरी स्थानीए कलाकार रोजीना कार्की, अनिता पराजुली,जूना गौतमको नृत्यमा वान्स मोर भन्दै दर्शकहरुले हूटिंग समेत गरेका थिए। कलाकारहरुले आ–आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत उपस्थित दर्शकहरु लाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको पनि बिशेष प्रस्तुती रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया