अन्जनीकुमार अधिकारी
गाईघाट । उदयपुरको उदयपुरगढी गाउपालिकाको एउटा एम्बुलेन्स दुघर्टनामा परेको छ । आज बिहान ५ बजे सुनसरीको दुहवीमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले बिहान ५ बजे ठक्कर दिएको हो । बिरामी बोकेर आएको स१झ ५२८ नम्बरको एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ । एम्बुलेन्समा रहेका चालक र विरामीको अवस्था खतरामुक्त रहेको छ । उदयपुरगढी वडा नम्बर ४ को विरामी बोकेर बिराटनगरतर्फ जादै गर्दा दुहवीमा दुर्घटनामा परेको उदयपुरगढी गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष कुमार अधिकारीले जानकारी दिनु भयो । ‘चालक सहित चार जना एम्बुलेन्समा रहेकोमा चारै जना खतरामुक्त छन् ।’ वडा अध्यक्ष अधिकारीले भने ‘मैले अहिले चालक सँग सम्पर्क गरिसेक सबै खतरामुक्त रहेका छन ।’