गाईघाट । हराएका उदयपुर त्रियुगा नगरपालिकाका दुई बालकलाई प्रहरीद्धारा भेटी अविभावकको जिम्मा लगाएको छ । उदयपुर त्रियुगा नपा ११ बस्ने उपेन्द्र पौडेलको छोरा बर्ष ४ को रेहान पौडेल र उदयपुर त्रियुगा नपा १३ बस्ने आशिष कार्कीको छोरा बर्ष ४ को अरबन कार्कीलाई बाटोमा भेटी अविभावकको जिम्मा लगाएको हो । प्रहरीले मिती २०७६।७।४ गते बच्चाहरु हराएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुर प्राप्त हुन साथ यस कार्यालय तथा मातहत कार्यालयबाट प्रहरी परिचालन भई निजहरुलाई खोज तलास गरी फेला पारी अभिभावकको जिम्मा लगाएको एसपी बीरबहादुर बुढामगरले बताउनु भयो । अभिभावकहरुको हेलचेक्राई र सानो गल्तिले गर्दा बच्चाहरुमाथि ठुलो दुर्घटना हुन सक्दछ त्यस कारण आफ्ना बच्चाहरुको राम्रो संग हेर बिचार गर्नका साथै सुरक्षा सर्तकता अपनाउनु हुन जिल्ला प्रहरी कार्यालय उदयपुर अनुरोध गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया