उदयपुर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेको केन्द्रमा पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा उदयपुरको जिल्ला कमिटिको शनिबार सपथग्रहण भएसँगै औपचारिक रुपमा पुर्णता पाएको हो ।
नेकपा प्रदेश १ का इन्चार्ज भिम आर्चाले सपथ ग्रणह गराएको नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनु भयो ।
अध्यक्ष र सचिव सहित पूर्व एमालेबाट ९० र पूर्व माओबादी ७० गरी जम्मा एकसय ६२ जनाको जिल्ला कमिटि बनेको अध्यक्ष कटुवालको भनाई छ । कमिटीको अध्यक्षमा पूर्व माओबादीका कटुवाल र सचिव पूर्व एमालेका इश्वरमणि राउत हुन ।
जिल्ला कमिटिले औपचारिक रुपमा सपथ ग्रहण गरेसँगै चार नगरपालिका र चार गाँउपालिकाको पनि पार्टी एकता टुङगो लगाउने नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरले बताउनु भयो । ‘जिल्ला कमिटिले उदयपुरका आठ स्थानीय तहमा बन्ने कमिटिको लागि अध्यक्ष र सचिवको नाम प्रदेशमा सिफारिस हुन्छ,’ उहाँले भन्नु भयो, ‘वडा कमिटिको हकमा जिल्लालेनै टुङगो लगाउने छ, जिल्लाले सिफारिस गरेको आधारमा प्रदेशले स्थानीय तह टुङगो लगाउने छ ।’
स्थानीय रामजानकी पार्टी प्यालेसमा भएको सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय जनमोर्चा उदयपुरको जिल्ला पुर्व अध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य तिलकमान विक प्रवेश गरेका छन ।
कार्यक्रममा प्रदेश इन्चार्ज आचार्य, सहइन्चार्ज सावित्री काप्mले र सचिव सुरेशकुमार राई (हिमाल) को उपस्थिति रहेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया