उदयपुर । उदयपुरमा आमाछोरीको हत्यामा विवाहेत्तर सम्बन्धमा रहेका युवकको संलग्नता खुलेको छ ।

कृपया यो पेज Like गर्नु होला

असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शारदा र र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको रामहरिले बयान दिएका छन् । ‘विवाहेत्तर सम्बन्धका कारण घटना भएको देखिन्छ, प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने ।

मृतकको दुई छोरीमध्ये ठूलीलाई भने घटनाको अघिल्लो दिन शारदाकी बहिनीले आफ्नो घरमा लगेकी थिइन् ।

यस्तो छ प्रहरीको प्रारम्भिक प्रतिवेदन :

मुद्धा शिर्षक:- ज्यान सम्बन्धी कसुर ( घाँटी रेटी मारेको कर्तब्य ज्यान)

वारदात मिति:- मिति २०७६/०६/२४ गते रातको के कुन समयमा ।

घटनास्थल:-  जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ०९ चौकीबारी स्थित सिताराम चौधरीको घर कोठामा ।

जाहेरवाला:- मृतक  गोमा भन्ने शारदा कुमारी चौधरीको सासु सस्ती कुमारी चौधरी ।

प्रतिबादी: (१) जिल्ला सिराह लहान नगरपालका वडा नं. ०२ मटेरूवा स्थायी घर भई हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ०३ मोतिगडा स्थित सूर्य गिरीको घरमा कोठा भाडामा लिई  मिठाई पसल संचालन गरी बस्ने बर्ष ४०  रामहरि साह ।

घटनाको बिवरण:-

  • मिति २०७६।०६।२५ गते बिहान ०७:०५ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.९ चौकीबारी वस्ने वर्ष २८ की गोमा भन्ने शारदा कुमारी चौधरी र निजकै नाबालिका छोरी वर्ष ६ की रचना कुमारी चौधरीलाई धारिलो हतियारले घाँटी रेटी काटी निर्मम तवरले कर्तब्य गरी मारेको भन्ने सुचना यस कार्यालयमा प्राप्त ।
  • तत्काल यस कार्यालयबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको अनुसन्धान टोली खटी गई घटना वरीपरी क्राईम सिन टेपले घेरी घटनास्थल सुरक्षीत गरेको ।
  • यस कार्यालयको कार्यालय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी समेतको टोली घटनास्थलमा खटी गई घटनास्थलको निरीक्षण गरेको ।
  • थप अनुसन्धानको लागी बिशेषज्ञ सहितको तालिम प्राप्त प्रहरी कुकुर समेतले घटनास्थलमा खटी आई अनुसन्धान गरेको ।
  • थप अनुसन्धानको लागी तालुक कार्यालय समेतबाट Technical investigator team समेत खटी आएको ।
  • घटनास्थलको बिशेषज्ञ समेतको टोलले घटनास्थलको शुक्ष्म रुपमा भौतिक सबुद समेत उठाई घटनास्थल लाश जाँच मुचुल्का गरेको ।
  • मृतक लाशहरूको पोष्टमार्टम गरी मृतकको आफन्तलाई जिम्मा लगाएको ।
  • प्र.ना.उ.को संयोजकतामा अनुसन्धान टोली गठन गरेको ।
  • अनुसन्धान टोलिले घटना सम्बन्धमा घटनास्थलमा स्थलगत रुपमा खटि गई घटना बारे सुक्ष्मरुपमा बुझ्दै जाने क्रममा सम्बन्धित छिमेकी, स्थानिय मानिस, घर परिवार र इष्टमित्र संग बुझ्दा वारदात समयमा कान्छी छोरी रचना कुमारी चौधरी र गोमा भन्ने शारदा कुमारी चौधरी मात्र घरमा बसेको, जेठी छोरी भावना कुमारी चौधरी मृतकको बहिनी शुस्मिता चौधरीसंग मिति २०७६।०६।२३ गते मामाघर गएको, श्रीमान सिताराम चौधरी बैदेशिक रोजगारको क्रममा मलेशियामा तिन बर्ष पहिले गएको पाईयो
  • जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.६ देउरी वस्ने मोहनदेव चौधरी, ऐ.ऐ.८ उत्तरबारी टोल वस्ने बिबेक बिश्वकर्मा, साबिक जिल्ला सिरहा लहान नगरपालिका वडा नं.८ घर भई जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.३ मोतिगडा स्थित सुर्य गिरीको घरमा डेराकोठा लिई वस्ने वर्ष ४० को रामहरि साह समेत प्राय आउने जाने गरेको स्थानिय मानिसहरुबाट खुल्न आएको ।
  • शंकित ब्यक्तीहरूलाई सोधपुछ गरी तिनिहरूको मोबायल समेत परिक्षणको लागी डिजिटल फरेन्सीक ल्याब समेत पठाईएको ।
  • सम्मानित उदयपुर जल्ला अदालतबाट अनुमती लिई कल डिटेल समेत माग गरी Technical investigation गर्दा मोहन देब चौधरी, रामहरी शाह, कृष्ण पहारी भन्ने कृष्ण दनवारसँग बढी फोन कल भएको देखिएको ।
  • अनुसन्धानको क्रममा संकित ब्यक्ति रामहरी साहले आनाकानी गरी शंकास्पद हाउभाउ र कुराहरु ब्यक्त गरेको कारण शंका लागी रामहरि साह वस्दै आएको त्रियुगा नगरपालिका वडा नं.३ मोतिगडा स्थितमा रहेको कोठा तलासी लिदा कोठा भित्र महिलाले लगाउने सुनको गरगहना (कानमा लगाउने) सुनको २ वटा बटारेको (बेरुवा) रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) समेत फेला पारी बरामद भएको ।
  • शंकित ब्यक्ति रामहरि साहलाई Peace Model प्रयोग गरी सोधपुछ गर्दा घटना स्वीकार गरेको ।
  • मृतकको जेठी छोरी भावना कुमारी चौधरी र मृतक गोमा भन्ने शारदा कुमारी चौधरीको बहिनी शुस्मिता चौधरीले समेतले बरामद भएको गर गहना सनाखत गरि दिएको ।
  • प्रारम्भिक अनुसन्धानको क्रममा संकित ब्यक्ति रामहरि साह समेतलाई सोधपुछ गर्दा गोमा भन्ने शारदा कुमारी चौधरी र निजको कान्छी छोरी रचना कुमारी चौधरीलाई मिति २०७६।०६।२४ गते साँझ अं.१९:०० बजेको समयमा घाँटीमा सलले कसी मृतकको घरको भर्‍याङ मुनी घटनास्थलमा लगी घाँटी रेटी काटी कर्तब्य गरी मारेको हुँ भनि रामहरि साहले घटना स्वीकार गरेको आधार प्रमाण पाईएको अनुसन्धान टोलले प्रतिबेदन प्राप्त ।

तपाईको प्रतिक्रिया