उदयपुर । एक हप्ता अघि भएको आमाछोरीको हत्यामा संलग्न युवक पक्राउ परेका छन । गएको असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले आज विहिबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो ।
हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षे रामहरी साहा पक्राउ गरेर सार्वजानिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनु भयो । पाँच वर्षअघिदेखि पक्राउ परेका साह र मृतक बच्चीकी आमासँग अवैध सम्बन्धको कारण हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्या गरेको घरको कोठाभि सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ । श्रीमान वैदेशिक रोजगारीमा गएको वेला परपुरुषसँग यौन सम्पर्क राख्ने आमाको कारण छोरीको समेत ज्यान गएको प्रहरीको निष्र्कष छ ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया