गाईघाट । एक हप्ता अघि त्रियुगा नगरपालिका ९ चौकीबारीमा भएको आमा छोरीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ताको अपराध अनुसन्धान पछि प्रहरीले हत्यामा संलग्न व्यक्तीलाई पत्रकार संम्मेलन गरि सार्वजनिक गर्न लागेको हो । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी ९गोमा० र उहाँकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयले आज (विहिबार) १ः०० बजे पत्रकार सम्मेलनको आयोजना गरि हत्यारा सार्वजनिक गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरीकृष्ण कार्कीले जानकारी दिए ।
पत्रकार सम्मेलन सम्बन्धी पत्रकारलाई पठाएको सूचना यस्तो छ ः–
जि।प्र।का ।उदयपुर
मिति २०७६।०६।२४ गते भएको चौकिबारी घट्ना सम्बन्धमा मिति २०७६।०६।३० गते १३स्०० बजे यस जिल्ला प्रहरी कार्यालय उदयपुरमा हाल सम्म भएको अनुसन्धान सार्बजनिक गरिने कार्यक्रम रहेकोले उपस्थितको लागि अनुरोध ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया