उदयपुरको कटारी नगरपालिका ५ स्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत भोर्लेमा मिनी ट्रक दुर्घटनामा   हुँदा २८ जना घाइते भएका छन  । आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा।३ ख ७३०१ नम्बरको मिनी ट्रक  दुर्घटना भएको हो ।
दुर्घटनामा घाईतेमध्ये ६ जनाको अवस्था  गम्भिर रहेको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर केसीले बताए । इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विना विक, सोही ठाउँका  ३० वर्षिय कल्पना विक, ४४ वर्षिय खेचर विक, त्रियुगा नगरपालिका ५ का २७ वर्षिय लक्ष्मण खत्री र कटारी नगरपालिका ६ चुहाडेका २५ वर्षिय सुजाता राई, सोही नगरपालिका ९  लिम्पाटारका ३० वर्षिय प्रकाश सुर्खेती गम्भिर घाइते भएका छन् । खेचर विक र सुजाता राईको हात भाचिएको छ भने विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको एसपी बुढामगरले जानकारी दिए । मिनीट्रकमा २८ जना सबार थिए । घाइते मध्ये १५ जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाएको छ भने अन्यको कटारी अस्पताल, आस्था अस्पताल कटारी र मोडल अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया