उदयपुर : उदयपुरमा चाडपर्व विशेष सुरक्षा रणनीति सार्वजानिक गरिएको छ। चाडपर्वमा हुन सक्ने सम्भावित अपराधिक घटनालाई निस्तेज पार्न जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘चाडपर्व विशेष सुरक्षा रणनीति –२०७६ सार्वजानिक गरेको हो। बुधबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा रणनीति बारे जानकारी दिइएको छ। सुरक्षा रणनीतिअनुसार नेपाल प्रहरीले ३७ मध्ये कारागार, अदालत र जिल्ला प्रशासनबाहेकका ३४ वटा युनिटबाट साधा पोसाकसहित ३ सय ९८ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए। ‘पोसाक लगाएको देखेपछि अपराध गरेका व्यक्तिहरू फरार हुने भएकाले ४ वटा समूहमा विनापोशकका प्रहरी परिचालन गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘मोबाइल गस्तीबाट चारपांग्रे ४ वटा, दुईपांग्रे मोटरसाइकल ३० वटा पनि तयारी बनाइएको छ।’ प्रहरीले ६ ठाउँ ट्राफिकसहितको र १३ ठाउँ प्रहरीबाट मात्र चेकिङको व्यवस्था गरेको छ।

कृपया यो पेज Like गर्नु होला

एसपी बुढामगरका अनुसार चेकिङ गर्दा राष्ट्रिय राजमार्ग, जंगल, सुनसान क्षेत्रलाई प्राथामिकतमा राखिएको छ। चाडपर्वमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि सर्वसाधरणको भीड बढ्ने भएकाले ७ वटा त्यस्ता स्थलहरुको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको जानकारी दिइएको छ। सीमित स्रोतसाधन भएकाले प्रहरीले २३ वटा पैदल गस्ति र नाकाहरूमा २४ घण्टै चेकिङको व्यवस्था मिलाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले आर्थिक कारोवार बढि हुने बैंक, सुनचाँदी पसल, जंगल, मदनभण्डारी, कदमाह–गाईघाट राजमार्ग क्षेत्र चुनौतीपूर्ण रहेकाले प्रहरीको सकृयता बढाईने बताए। ‘मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना, झगडाजस्ता अपराधिक कृयाकलाप हुने भएकाले समयमा होटलहरु बन्द गर्ने, ट्राफिक प्रहरीको चेकिङलाई व्यापकता दिइने छ,’ उनले भने ‘दैनिक उपभोग्य सामग्री आपूर्ति समस्या, कालोवजारी नियन्त्रण, सरकारी कार्यालय, वजार सुरक्षाका लागि पनि रणनीति नै बनाई सुरक्षा सम्यन्त्र परिचालन गर्छैं।’ नेपाल प्रहरीसँगै सशस्त्र, ट्राफिक, राष्ट्रिय अनुसन्धानको टोलीसमेत परिचालन गर्ने र बैंक सुरक्र्षाथ खटिएका सुरक्षागार्डलाईसमेत बैंक भित्र मात्र नभई आसपासका क्षेत्रलाई समेत नियाल्ने गरी योजना तय गरिएको प्रजिअ खड्काले बताए।

सुरक्षा योजना सफल पार्नका लागि प्रहरीले मुख्य कमाण्डको रूपमा एसपी, रिजर्व टोलीमा डिएसपी, तत्काल परिचालनका लागि इन्स्पेक्टरको कमाण्ड रहने व्यवस्था मिलाइएको एसपी मगरले जानकारी दिए। त्यस्तै सर्वसाधरणलाई ठगीबाट बचाउनका लागि सदरमुकाम गाईघाट र कटारी क्षेत्र गरी दुई ठाउँका बसपार्कमा यात्रु सहायता कक्षा राखिने भएको छ।

तपाईको प्रतिक्रिया