गाईघाट । यातायात ब्यबस्था सेवा कार्यालय गाइघाटले सवारि चेक जाचँलाई तिब्रता दिएकाे छ। कार्यालयले मंगलबार त्रियुगा नगरपालिकाकाे जलजले र माेतिगडा गरि दुई स्थानमा सवारि चेक जाचँ गरेकाे हाे । चाड पर्वकाे समयमा बढि सवारि साधन संचालन हुने, यातायात का कर्मचारिहरूले बढि भाडा लिने, भाडादर देखिने गरि नटास्ने, सिट क्षमता भन्दा बढि यात्रु बाेक्ने लगायतका चेक जाचँ गरिएकाे जनाईएकाे छ । यातायत कार्यालयले जिल्ला ट्राफिक कार्यालय उदयपुर संग समन्वय गरेर चेक जाँचलाई तिब्रता दिएकाे यातायात कार्यालय गाईघाटका प्रमुख सुभास कार्किले जानकारि दिनु भयाे । कार्यालय प्रमुख कार्किका अनुसार चेक जाचँका क्रममा सवारि चालक अनुमति पत्र, बुलबुक, जाचँपास र रूट प्रमिट लगायत चेक गरिएकाे बताउनु भयाे । यातायत कार्यालयले ट्राफिक प्रहरि संग समन्वय गरेर दैनिक जसाे सवारि चेक जाचँ गर्ने जनाएकाे छ भने कागजपत्र नभएका सवारि साधनहरूलाई सचेत गराई जरिमाना समेत काटिएकाे जनाएकाे छ। सवारि चालक अनुमति पत्र नभएकाहरूले सवारि साधन नचलाउन र कागजपत्र भएकाहरूले कागजपत्र साथमा लिएर हिड्न समेत यातायात कार्यालयले सब्बैलाई आग्रह गरेकाे छ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया