गाईघाट । संविधान दिवसमा कर्मचारी मिलन केन्द्रले बृहत हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ । संविधान दिवस २०७६ को अवसरमामा असोज २ गते सबै पक्षविच हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा विविध क्षेत्रका कर्मचारी, जनप्रतिनिधी, पत्रकार, नागरिक समाज, बैकर्स, व्यवापारी, व्यवसायी विद्यार्थी विच प्रतिस्पर्धा हुने कर्मचारी मिलन केन्द्रले जनाएको छ । विषयरपाठ्यक्रम ः संविधान, संघियता र राज्य पुनसंरचना बिषयमा रहेर प्रतियोगिता संचालन गर्ने तयारी रहेको मिलन केन्द्रका का अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए । ‘अहिले सम्म संघीय कार्यालयमा कार्यरत कर्मचारीहरु, प्रदेश कार्यालयमा कार्यरत कर्मचारीहरु, स्थानिय तहमा कार्यरत कर्मचारीहरु, स्थानिय तहका निर्वाचित जनप्रतिनिधीहरुले भाग लिने छन ।’ उनले भने ‘उदयपुर सिमेन्ट कारखानामा कार्यरत कर्मचारीहरु, ‘क’ वर्गका बाणिज्य बैंकहरुमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु, गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीहरु, त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, त्रियुगा क्याम्पसका विद्यार्थी र बरुवा क्याम्पसका बिद्यार्थी सहित ११ वटा समूह विच प्रतिस्पर्धा हुने छ ।’ प्रत्येक समुहवाट तिन÷तिन जना सहभागि गराईने छ भने टिममा कम्तिमा १ जना महिलालाई अनिर्वाय गरिएको प्रमुख कोष नियन्त्रक समेत रहेका मिलन केन्द्रका अध्यक्ष न्यौपानेले जानकारी दिए । सामुदायिक रेडियो उदयपुरबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने समझदारी समेत भएको छ ।
यस अघि अधिकृत स्तरका कर्मचारीहरुको स्वागत र विदाईमा मात्र सिमित रहेको मिलन केन्द्रको नेतृत्व प्रमुख कोष नियन्त्रक न्यौपानेले लिए संगै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । मिलन केन्द्रले यस अघि निजामति सेवा दिवसको अवसरमा समेत बृहत वक्तिृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया