एपिवान च्यानलको चर्चीत सो IME लोक स्टार मा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ८ मा पुग्न सफल भएका छन् । राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गाएक रहेका छन् ।

१२ बर्षकै उमेर देखी गाँउन थालेका दनुवारले यो यात्रामा धेरै कठिनाई भोगेको बताएका छन् । स्कुलमा पढ्दा देखीनै गाउन अब्बल दनुवार लाई शिक्षकहरुले पनि माया गर्ने गरेको अनुभव सुनाउछन् । उनि बिद्यालयमाहुने हरेक कार्यक्रममा गित गाउने गरेको बताउछन् । धेरै पटक राम्रो गाएकै आधारमा पुरस्क्रीत भएको बताए । घरमा मेडल लिएर जाँदा सबै जना खुसीहुने गरेको सुनाउ छन् । राम्रो गाएकैले धेरै साथीहरुले उनको चर्चा गर्दा खुसीलाग्ने गरेको बताए ।

कृपया यो पेज Like गर्नु होला

दनुवारले गायन क्षेत्रमानै आफ्नो भबिष्य देखेकाले यो यात्रामा लागेको बताए । यो यात्रामा लाग्दा जिवनमा धेरै उतार चढाव भएको अनुभव पनि सुनाउछन् । गरिब परिवारका दनुवार पैसा अभावले केहि बर्ष बिदेसीनु परेको पिडा पोखेका छन् ।

गायन यात्रामा पैसाको अभावहुँदाका पिडाले उनलाई अझै पनि झस्काउने गरेको बताएका छन् । उनलेAP1 यो चर्चीत सो ले आफ्नो सपना पुरा गर्ने बिश्वास सलिएको पनि बताएका छन् । उनले मेहनतले गाउने र सबैको मन जित्ने पनि बताएका छन् ।

दनुवारले उनलाई मन पराउने अथवा उनको गायन मन पराउने दर्शकहरु लाई L13 टाईप गरी 37000 मा म्यासेज गरी सहयोग गरीदिन पनि अनुरोध गरेका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया