गाईघाट । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा तिनपाङ्ग्रे सवारी साधनको भाडा दर निर्धारण गरेको छ । पहिलो चरणमा गाईघाटबाट संचालित सवारी साधनको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख सुवास कार्कीले जानकारी दिए । ‘नयाँ भाडा दर अनुसार विस रुपैया देखि १८० रुपैया सम्म रहेको छ । यातायात कार्यालयका अनुसार बसपार्क गाईघाट बिस रुपैया, गाईघाट बोक्से विस रुपैया, गाईघाट मुर्कुची १८० रुपैया, गाईघाट बेल्टार १५० रुपैया कायम गरिएको छ । नयाँ भाडादर भदौ २७ गते शुक्रबारबाट लागु हुने र नयाँ भाडा दर लागू नगर्ने सवारीलाई कार्वाही गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सई दिनेश चौधरीले बताए ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया