गाईघाट । संघीय र प्रदेश सरकारबाट अधिकार पाएपछि गाईघाट स्थित यातायात व्यवस्था सेवा कार्यालय सक्रिय बनेको छ । प्रदेश सरकारले यातायात व्यवस्थापन गर्ने सम्पूर्ण अधिकार दिएपछि कार्यालयले आफ्नो काम सुरु गरेको हो । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा तिनपाङ्ग्रे सवारी साधनको भाडा दर निर्धारण गरेको यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख सुवास कार्कीले जानकारी दिए । ‘पहिलो चरणमा गाईघाटबाट संचालित सवारी साधनको भाडा दर कायम गरिएको छ ।’ प्रमुख कार्कीले भने ‘अर्काे चरणमा कटारी, बेल्टार, रामपुर तपेश्वरी, मुर्कुचीबाट संचालित सवारीहरुको भाडा दर कायम गरिने छ ।’ नयाँ भाडा दर अनुसार विस रुपैया देखि १८० रुपैया सम्म रहेको छ । यातायात कार्यालयका अनुसार बसपार्क गाईघाट बिस रुपैया, गाईघाट बोक्से विस रुपैया, गाईघाट मुर्कुची १८० रुपैया, गाईघाट बेल्टार १५० रुपैया कायम गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेका जिल्ला स्थित यातायात व्यवस्थापन समितिले यातायात सेवा कार्यालयका प्रमुखको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरि भाडा दर कायम गर्ने जिम्मेवारी दिएको थियो । यातायात प्रमुखको संयोजकत्वमा रहेको समितिले गाईघाटको छपन्न स्थान स्थानको भाडा कायम गरि लागु गरेको छ । तिनपाङ्ग्रे सवारी साधनको भाडा दर निर्धारण गर्न
नयाँ सवारी अनुमति पत्र जारी गर्ने बाहेक सबै अधिकार दिएपछि सेवा कार्यालय अधिकार विहिन हुदाँ केही काम जिल्ला यातायात व्यवस्थापन तदर्थ समिति उदयपुरले जिल्लाका पक्की तथा कच्ची सडकको भाडादर निर्धारण गरेको छ । नयाँ भाडादर भदौ २७ गते शुक्रबारबाट लागु हुने र नयाँ भाडा दर लागू नगर्ने सवारीलाई कार्वाही गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सई दिनेश चौधरीले बताए । ‘भाडा दर निर्धारण नहुदाँ यातायातका साधनले ठगी गर्ने गुनासा आएका थिए, अब त्यो समाधान हुन्छ ।’ ट्राफिक प्रहरी प्रमुख सई दिनेश चौधरीले भने ‘अटो रिक्साहरुले नयाँ भाडा दर भन्दा बढि असुलेको पाए सवारी नियमानुसार कार्वाही गरिने छ ।’ यातायात व्यवस्थापन समितिले तिनपाङ्ग्रे सवारी साधनलाई उदयपुरका पहाडी क्षेत्रमा संचालन गर्न समेत प्रतिबन्ध लगाएको छ ।

कृपया यो पेज Like गर्नु होला

यस्तो नयाँ भाडा दर ः

तपाईको प्रतिक्रिया