उदयपुर  । बगाहामा करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकलाई करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरागरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया