कटारी /उदयपुरको उदयपुरगढी गाउँपालिका -५, मौवासीका रमेश राईलाई आफ्नै श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुन्धान सुरु गरेको छ । गएको भदौ १३ गते श्रीमति शुभद्रा बुढाथोकीलाई राईले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

शुभद्राको भदौ २१ गते राति राईको कुटाईकै कारण मृत्यु भएको हुनसक्दै भन्दै २२ गते नै राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयका प्रमुख डिएसपी प्रेम सागर केसीले बताउनुभयो । राईलाई म्याद थप गरी अनुसन्धान गरिरहेको पनि केसीले बताउनुभयो । बुढाथोकी राईको कान्छी श्रीमति रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया