मुर्कुची ।  निर्माणधिन मदनभण्डारी राजमार्ग हुँदै यात्रा गर्दा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा न ७ र ८ एउटा मनमोहक झरना देखिन्छ । त्यही झरना अहिले अन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै गएको छ ।

कृपया यो पेज Like गर्नु होला

राजमार्गसँगै रहेको उक्त सुन्दर अधेँरी झरनाले जो कोहीको म तान्न थालेको छ । नेपालटार मदनभण्डारी राजमार्ग भएर यात्रा गर्नेहरु बीचमै यात्रा रोकी झरनासँग माया पिरती लगाउन थालेका छन । निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् । ‘झरनामा रमाउँदै, तस्वीर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन्,’ स्थानीय तोप मगरले भने, ‘विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण झरनामा रमाउन धेरै आउने गरेका छन।’

रौतामाइ गाँउपालिका ठेकेदार व्यवसायी अम्बरबहादुर रायामाझीले  झरना निकै मनमोहक भएकाले अन्तरिक पर्यटनको केन्द्र बनेको बताए। ‘यहाँ आउने जोकोही पनि मोहित हुने गर्छन, सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो झरना एक माध्यम बन्ने छ।’

झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ। उदयपुरगढी गाउपालिका वडा न ६  नेपालटारका व्यवसायी बोधकुमार घिमिरेले पर्यटकीय क्षेत्रको पुर्वाधार अधेँरी झरना एक कोशेढुँगा सावित भएको बताए। ‘झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ’, उनले भने, ‘यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

झरनामा उदयपुर सिराहा सप्तरीका  आन्तरिक  पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि उदयपुरगढी  गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान भने खासै दिएको छैन । गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले झरनामा पर्यटकको चहलपहल बढ्न थालेकाले  दुई वटा झरनाको पूर्वाधार निर्माणको लागि कुरा भै रहेको बताए । पर्यटनको सयौ गन्तव्य मध्य उदयपुरगढी एक गन्तव्य पर्न सफलभएकोले  पर्यटन बर्ष २०२० लाई सफल बनाउन आन्तरिक रुपमा छ्लफल गरि छिटै पर्यटन बर्ष कसरी मनाउने भनी कार्यतालिका सार्बजनिक गर्ने अध्यक्ष मगरले  बताए ।

तपाईको प्रतिक्रिया