गाईघाट । विभिन्न कार्यक्रम आयोजना गरी उदयपुरमा संविधान दिवश भव्य रुपमा मनाउन लागिएको छ । ‘संविधान दिवश तथा राष्ट्रिय दिवश हर्षौलाका साथ मनाउँ’ घर घरमा राष्ट्रिय झण्डा फहराउँ तथा दिपावली गरौं’ भन्ने मुल नाराका साथ मनाउन लागिएको हो ।
जिल्ला समन्वय समिति उदयपुरमा प्रमुख खड्गबहादुर दर्नालको अध्यक्षमा संविधान दिवश समाहरो समिति समेत गठन गरिएको छ । जुन समितिले ‘संविधान दिवश २०७६’ भव्य गरी मनाउने निर्णय गरेको छ ।
सरकारी तथा गैर सरकारी कार्यालयको आयोजनामा विभिन्न कार्यक्रम गरी संविधान मनाउने गरी तयारी थालिएको समन्वय समिति उदयपुरमा प्रमुख दर्नालले जानकारी दिए । ‘गएको वर्षभन्दा यस वर्ष संविधान दिवश भव्य रुपमा मनाउन लागिएको छ,’ समन्वय प्रमुख दर्नालले भने, ‘आगमी असोज २, ३ र ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।’
समन्वय समिति प्रमुख दर्नालका अनुसार सरसफाई कार्यक्रम, राष्ट्रिय झण्ड सहितको रिले दौड प्रतियोगिता, संघियतालाई लिएर हाजिरी जवाफ प्रतियोगिता, सँझमा दिवावली लगायतका कार्यक्रम असोज २ गरेको आयोजना गर्ने तयारी गरिएको छ । यसैगरी असोज ३ गते विहान प्रभाव फेरीको आयोजना, संस्कृति कार्यक्रममा गित संगित सहितको नित्य प्रर्दशन, बेलुका नेपालको नक्सा बनाई दिपावली कार्यक्रम गर्ने तयारी थालिएको समन्वय समितिले जानकारी दिएको छ ।
यसैगरी असोज ४ गते जिल्ला समन्वय समितिको परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोप्ने, नेपाल रेडक्रससँग समन्वय गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने र पुन साँझमा दिपावली गर्ने कार्यक्रम तयारी गरिएको छ ।
समन्वय समितिका अनुसार जिल्ला चार गाँउपालिकाका र चार नगरपालिकामा समेत संविधान दिवश भव्य रुपमा मनाउने गरी तयारी थालिएको छ । ‘संघीय सरकारको सर्कुलरअनुसार उदयपुरमा पनि भव्य रुपमा संविधान दिवश २०७६ मनाउन लागिएको छ,’ समन्वय प्रमुख दर्नालले थप्दै भने, ‘तीन दिन भव्य रुपमा उदयपुरमा मनाउने गरी तयारी थालेका छौ ।’
संविधान दिवश समाहरो समितिमा पत्रकार, नागरिक समाज, गैर सरकारी निकायका प्रमुख लागयतको सहभागिता हुने छ ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया