झोडापाटा । सरकारी विद्यालयमा प्रविधी मैत्री बनाउने उद्यश्यले उदयपुरकाे एक वडाले आफ्ना वडा भित्रका बिद्यालयहरुलाई प्राबिधिक सामाग्री बितरण गरेको छ  ।  उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर–२ झोडापाटाले आफ्नो वडाभित्र रहेको पाँच बिद्यालयलाई शैक्षिक तथा प्रविधि सामाग्री हस्तान्तरण गरेको हो  । स्थानीय कौवेदेवी आधारभुत बिद्यालयमा शुक्रबार एक कार्यक्रम बिच अध्यक्ष सन्तोष सुवेदीले सामाग्री हस्तान्तरण गरेका हुन ।

कृपया यो पेज Like गर्नु होला

शैक्षिक तथा प्रविधि सामाग्री पाउने बिद्यालयमा सिंहदेवी माध्यमिक बिद्यालय माडिबास, कौवादेवी निम्न माध्यमिक बिद्यालय झोडापाटा, सिद्धकाली प्राथामिक बिद्यालय भित्ते, रक्तमाला प्राथामिक बिद्यालय सुघारे र बुद्धजन्ता प्राथामिक बिद्यालय गंगटे रहेका छन ।

वडाअध्यक्ष सुबेदीका अनुसार बिद्यालयलाई ईहाजिर अथवा हाजिर गर्ने मिसिन, सिसि क्यामेरा, फोटोकापी मेसिन, अप्टिकलफाईबर सहितको ईन्टरनेट, प्रोजेक्टर, भित्तेगडी एकएक थान र लाईबेरिमा राखिने पुस्तकहरु हस्तान्तरण गरिएको थियो । हस्तान्तरण सामाग्री नगरपालिकामा रहेको वडा मध्ये आफ्नो वडालाई नमुना र सुचना प्रबिधिमैत्री वडा बनाउने उद्देश्यले हस्तान्तरण गरिएको हो । यसअघि पनि वडाले निम्न अवस्था र टाढाबाट बिद्यालय धाउने बिद्यार्थीहरुलाई ९० वटा साईकल बितरण गरिएको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया