उदयपुर ।  ठूलो परिमाणमा अबैद्य लागूऔषध गाँजा सहित उदयपुरमा तीन युवा पक्राउ परेको छन । सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रामपुर ठोक्सिलाले शुक्रबार दिउसो ३५ किलो ग्राम गाजा सहित तिन जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी स्थित धरान उप–महानगरपालिका–८ बरगाछी बस्ने बर्ष २८ को योजेन्द्र गजमेर, धरान उप–महानगरपालिका–१५ श्यामचोक बस्ने बर्ष ३१ को धर्मराज श्रेष्ठ र सोहि उप–महानगरपालिका–३ पिण्डेश्वर बस्ने बर्ष २७ को बिनोद सुनार रहेका शसस्त्र प्रहरी ५ नम्बर गण उदयपुरले जनाएको छ । शसस्त्र प्रहरी बल ५ नं गणले पत्रकार सम्मेलन गरि बरामद गाँजा, प्रयाेग भएकाे जिप सहित तिन जनालाई सार्वजनिक गरेको थियो ।

कृपया यो पेज Like गर्नु होला

बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय बोलेरो जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर जिल्लाको बेलका नगरपालिका–५ स्थित शिखरमाडीबाट सुनसरीको ईटहरीतर्फ लादै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले बताए । पक्राउ परेको मध्ये श्रेष्ठ गाडी चालक हुन् ।

गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाईने एसपी राईले बताए ।

तपाईको प्रतिक्रिया