उदयपुरको कटारी नगरपालिका मेयरको पहलमा गम्भीर बिरामी रहेका बुद्ध तमांगलाई आर्थिक सहयोग गरेका छन। कटारी ४ मरुवा घर भएका १४ बर्षीय तामांगलाई उपचारको क्रममा नोबेल अस्पतालका डाक्टरले लापरबाही गरी मोटो आंद्रा ठुलो आंद्रामा जोडे पछि बिरामीको अबस्था गंभीर बनेको उनको उपचार संगै रहेर सहयोग गरिरहेकी उनकी फुपु सबीना तामांगले बताइन। हाल त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारत तामांगको स्वास्थमा केहि सुधार उन्मुख भएको उनको परिवारले जानकारी दिएको छ। तीन महीनामामै आमाले छोडेर हिडेको बुद्धको आर्थिक अबस्था अत्यन्त नाजुक रहेको छ। बूबा पनी टीबी रोगले थला परेका उनको उपचारमा आर्थिक जुटाउन गारो परिरहेको अबस्थामा कटारी मेयर ज्ञानेंद्र श्रेष्ठको पहलमा बुद्धको उपचार गर्न हाम्रो लागी १ लाख सहयोग गर्नु भयो यति बेला हाम्रो लागी भगवान नै हुनु भयो मेयर साब बुद्धकी फुपु सबीनाले भनिन।” सबैले यसरी नै सहयोग गरीदिनु भयो भने भाईले नया जीबन पाउने थियो की तामांगले भनिन।” केहि दिन अघि कटारी स्थित सगरमाथा बोर्डिंग स्कूलका बिद्यार्थीहरु ले समेत ३९ हजार नगद उनकी हजूरआमा मार्फत सहयोग गरेका थिए। आर्थिक अबस्थाको कारणले मरुवा घर भएका तामांगको उपचार गर्न समस्या भएको सामाजिक संजाल देखे पछि मेयर श्रेष्ठ कटारी बाट काठमाण्डौ स्थित जोरपाटीमा रहेको तामांग बस्ने डेरामा पुगी मेयर श्रेष्ठ सहित कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापा,उधोग वाणिज्य संघ उदयपुर कटारीका पूर्व अध्यक्ष राजेश चन्द्र श्रेष्ठ सहितको टोलीले १ लाख नगद सहयोग गरेको हो। उधोग वाणिज्य संघ कटारीका पूर्व अध्यक्ष श्रेष्ठले ब्यबसाहिहरु बाट पनी बुद्धको उपचारमा सहयोग गर्ने बताउनु भयो। रकम हस्तान्तरण गर्दै मेयर श्रेष्ठले बिप्पन्न परिवारका तामांगलाई अहिले सानो सहयोग मात्रा गरेको हो उनको उपचारमा पूर्ण रुपमा आफुले सहयोग गर्ने बताउनु भयो। अबको नगर कार्यपालिकाको बैठक बाट के – कति हुन्छ हामी निर्णय नै गरेर पनी सहयोग गर्छौ मेयर श्रेष्ठले भन्नु भयो। तामांगलाई सहयोग हस्तांतरण गर्दै मेयर श्रेष्ठले तामांगको स्वास्थलाभको कामना समेत गर्नु भएको थियो।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया