उदयपुर । गोरु काटेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका ३ हातिसारबाट बाबुछोरा सहित ४ जना पक्राउ परेका छन् । गोरु काट्दै गरेको अवस्थामा प्रहरीले स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रमीन राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राईलाई बेल्टार प्रहरीले शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मासु खाने र बिक्री प्रयोजनका कालो रंगको गोरु काटेको सुचनाको आधारमा उनीहहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिकृष्ण कार्कीले बताए । चारै जनालाई आइतबार अदालतबाट म्याद लिइ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ अन्तरगत पशुपक्षी सम्बन्धी कसुरको दफा २८९ को गाई गोरी मार्न वा कुटन नहुने अभियोगमा मुद्दा चलाईएको छ । मुलुकी अपराध संहिता अनुसारको गाई वा गोरु मार्न वा कुटन नहुने कसुर गर्नेलाई तिन बर्ष सम्म कैद हुने व्यवस्था छ ।
पक्राउ परेका व्यक्तिको साथबाट १ सय ६ केजीको गोरुको मासु समेत बरामद गरिएको र जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरीले इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया