कटारी । आइएमइ लाइफ इन्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको छ।

कृपया यो पेज Like गर्नु होला

उक्त अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्वन्धि एक दिने विशेष अन्तक्र्रियात्मक कार्यक्रम दुधौली स्थित रञ्जना होटेल सिन्धुलीमा सम्पन्न भएको हो।

आइएमइ लाइफ इन्योरेन्स कटारी शाखाद्वारा आयोजित अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम कार्यक्रममा ४० जनाभन्दा बढी वीमा अभिकर्ता प्रशिक्षार्थीहरुको सहभागी रहेका थिए।

व्यवसायिक लक्ष्य प्राप्तिका लागि गरिएको यस तालिम तथा अन्तर्क्रियात्मक कार्यक्रम फलदायी रुपमा सम्पन्न भएको छ भने आगामी दिनहरुमा पनि यसैगरी निरन्तरता दिदै जाने कटारी शाखाका शाखा प्रमुख राजन कुमार खड्काले वताए।

तपाईको प्रतिक्रिया