कटारी /उदयपुरको कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतले आप्mनो सुविधाका लागि सवारीसाधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नु भएको छ । महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने उपमेयर राउतको घोषणा छ । 

कृपया यो पेज Like गर्नु होला

      कार्यपालिकाले नगर सभा मार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । उपमेयर राउतले जनताको करबाट आफु विलाशी सुविधा नलिने भैरहेकै सवारी साधन प्रयोग गर्ने भन्दै एम्बुलेन्स खरिदको प्रस्ताव राख्नु भएको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताउनु भयो ।
शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफनो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरि एम्बुलेन्स खरिद गर्ने प्रस्ताव राख्नु भएको हो । यसै बमोजिम कार्यपालिकाले निर्णय गरेको प्रवक्ता दनुवारले बताउनु भयो ।
एम्बुलेन्स खरिद गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई निशुल्क घर सम्म पु¥याउन एम्बुलेन्सको प्रयोग गर्ने उदेश्य रहेको छ । आफु जनताको सेवा गर्ने उदेश्यले निर्वाचित भएकोले जनताको क्रय शक्तिको विकास नभए सम्म विलाशी गाडी चडनु शोभानिय नहुने उपमेयर राउतको भनाईछ ।
महिला ,बालबालिका तथा विपन्नको लागि एम्बुलेन्स किन्ने निर्णय गरिएको उपमेयर राउतले बताउनु भयो । बाँकी पैसाले पर्यटकिय क्षेत्र बेतेनीमा अधुरो रहेको पर्यटन भवन पुरा गर्ने गरि बजेट विनियोजन गर्ने गरि निर्णय भएकोछ । “जनता गरिबीको रेखामुनि छन् , खान पुग्ने अवस्था छैन् , गरिबीका कारण घरमै सुत्केरीहुनु पर्ने अवस्था छ , हामीले लाखौको गाडी चढने अवस्था छैन” उपमेयर राउतले भन्नु भयो । हाल उपमेयर राउतले नगरपालिकामाम स्थानिय निकाय निर्वाचन अघि नै रहेको पुरानो सवारीसाधन प्रयोग गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया