उदयपुर । उदयपुरको बेलका नगरपालिका-१ आम्बासीका ६६ बर्षीय राज कुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो पौने ४ बजे तामाङलाई स्थानीय काली खोलाले बगाएको भनी सूचना पाए पश्चात तत्काल खटिएको प्रहरी चौकी भागलपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा तामाङको शव फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया