कृपया यो पेज Like गर्नु होला

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २०० बर्षा हाेस् भनेर सुसाईट नोट लेखी उदयपुरका पूर्व कर्मचारीले शनिबार राति झुण्डिएर आत्मा हत्या गरेको छ । उदयपुर त्रियुगा नगरपालिका १० का ५५ वर्षिय पूर्व नायव सुब्बा हरी प्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाईट नोट लेखेको पत्र प्रहरीले फेला पारेको हो । मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
पूर्व गाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा काम गरेका थिए । झापाबाट मालपोत कार्यालय कलंकी हुँदै समायोजनमा त्रियुगा नगरपालिका आई पुगेका थिए । त्रियुगा नगरपालिका वडा नम्बर ४ काे वडा सचिवको रुपमा काम गरेका आचार्य वडा अध्यक्ष सँग बिवाद भएपछि राजिनामा दिएर घर बसेका थिए ।  मालपोत कार्यालय कलंकीमा कार्यरत रहदा उनी सहित सात जनालाई सामुदायिक वनको जग्गा गैरकानूनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जा समेत उपलब्ध गराईएको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस्तो लेखेको छ, सुसाईट नोट
‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २ सय वर्ष होस, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौँले सहयोग गर्नु ।
आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाईसकेको थिए । ‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु । म विदा भए । खातामा पैसा छन, श्रीमती केहि जान्दिन साथीभाईले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।
कान्छो छोराको व्याचलर सकुला भनेको थिए सकिन, पापी भए । बाणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो व्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । त्यसअघि उनले लेखेका छन, ‘बिरेन्द्र काका लगायत छिमेकीले भैसी, खसी तह लगाई दिनु । आमा साहिली वुहारी र भतिजाले सुरक्षा गर्नु ।
सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्ष समेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरि दिनु होला । २५ गते बेलुका ६ बजे सुसाईट नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा आफन्तले भैसी, खसी जतिमा हुन्छ त्यतिमा विक्री गरी सहयोग गरि दिनु आग्रह गर्दछु ।
अख्तियार प्रमुखलाई जोड्नुको कारण यस्तो
अख्तियार दुरूपयोग अनुसन्धान अयोगले सामूदायिक वनको जंगल व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न कलंकी मालपोतका दुइै कर्मचारीसहित सात जनाविरूद्ध विशेष अदालतमा गत जेष्ठ १३ गते मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरी प्रसाद आचार्य, नक्कली जग्गाधनी मिना कुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिना कुमारी थापाको वारेस दिपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।

मृतक आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमिकमजोरीलाई सुनाउँदै उदयपुरका एक सहकर्मीका अनुसार झापाबाट सरुवा भएको गएको महिना नवित्दै अख्तियारले फाइल कब्जा गरेको थियो । वर्षौ पहिले देखि सुयल हाउजिङ्ग कम्पनीका संचालकले जग्गाको नामसारीको विषयमा लपन छपन गर्दै आएको अन्तिम समयमा सहि गर्ने बेलामा आचार्य परेको बताए । एक पैसा लिनु न एक पैसा दिनु विचौलीयाको चङगुलमा परेर अख्तियारको फन्दामा परेको बताए । त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नु अगाडी नै सोही जग्गाको नामसारी दर्ता खारेज गरि सकेको थियो ।

 

 

तपाईको प्रतिक्रिया