कृपया यो पेज Like गर्नु होला

बेल्टार । ईलाका प्रहरी कार्यालय बेल्टारले प्रदेश नम्बर १ कै काविल प्रहरी अधिकृतले ईन्चार्जको जिम्मेवारी सम्हालेका छन । ईलाका प्रहरी कार्यालय ईटहरीबाट सरुवा भइ आएका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले बेल्टार इलाकाको कमाण्ड सम्हालेका हुन ।
प्रहरी प्रधान कार्यालयले साउन पहिलो साता निकालेको सरुवामा चौलागाईको ईलाका प्रहरी कार्यालय बेल्टार सरुवा भएको थियो । ईलाका प्रहरी कार्यालय ईटहरी अपराध अनुसन्धान शाखामा रहेर काम गरेका चौलागाई २०७५ साल असोज महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका थिए ।
प्रहरी निरिक्षक चौलागाईले चौदण्डीगढी नगरपालिकाको शान्ति सुरक्षा ब्यवस्थापनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । ‘प्रहरी र समुदायको सहकार्यमा सामाजिक अभियानहरु समेत चलाइने छ ।’ प्रहरी निरिक्षक चौलागाईले भने ‘लागु औषध, महिला हिंसा, यौन दुब्र्यवहार लगायतका घटनामा कुनै प्रकारको सम्झौता गरिने छैन ।’ स्थानीय सरकार सँग समेत सहकार्य गरेर विभिन्न कार्यक्रम अगाडी बढाउने आफ्नो योजना रहेको प्रहरी निरिक्षक चौलागाईले प्रतिक्रिया दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत रहदा राम्रो काम गरेको भनेर चौलागाईलाई उत्कृष्ट प्रहरी घोषित गरि पुरस्कृत समेत गरेको थियो । प्रहरी निरिक्षक चौलागाईले चोरी, लागुऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन प्रभावकारी भुमिका खेलेको ईटहरीका नागरिक समाजको ठहर छ ।
इटहरीमा कार्यरत रहदा चौलागाईले शान्ति सुरक्षामा सर्वसाधरणलाई सुरक्षाको अनुभुति हुने गरी आफ्नो कर्तव्य निर्भाह गरी सर्वसधारणलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सफल भएको पूर्वखबर डट कमका सम्पादक त्रिलोचन पौडेलले सामाजिक संजालमा विदाईको फोटो सहित उल्लेख गरेका छन । ईटहरीका विभिन्न समाजिक संघ संस्थाहरुले कार्यक्रम समेत आयोजना गरि चौलागाईको विदाई गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया