गाईघाट । ट्राफिक प्रहरीको कारण मदन भण्डारी लोकमार्गको निर्माण कार्य प्रभावित बनेको छ । उदयपुर ट्राफिक प्रहरीले आयोजनाको काम गर्ने टिफर संचालनमा अवरोध गरेपछि आयोजनाको काम प्रभावित बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक निर्माण कम्पनीको टिफरलाई बिहान साढे ९ बजे देखि साढे १० बजे सम्म र दिउसो साढे ४ बजे देखी साढे ५ बजे सम्म संचालन गर्न रोक लगाएको छ । ट्राफिक प्रहरीको कारण दिनको दुई घण्टा आयोजनाको काम बन्द हुने गरेको छ । ट्राफिकले बनेको नमान्दा टिफर चालकलाई अनावश्यक दुख दिने गरिएको निर्माण कम्पनी लामा सर्मा जेभिले जनाएको छ । दिन दिनै आयोजनाको म्याद सकिदैछ तर ट्राफिकले भने दिनको दुई घण्टा निर्माण समाग्री ढुवानी गर्न नदिए पछि आयोजनाको काम समयमै सक्न निकै मेहनत गर्नु पर्नेभएको छ । ट्राफिक समस्या बारे मदन भण्डारी आयोजना कार्यालयमा समस्या राखिएको निर्माण कम्पनीका ईन्जिनियर सिताराम दाहालले बताए । ‘निर्माण समाग्री ढुवानीमा समस्या छ, आयोजना प्रमुखले प्रशासनसँग बसेर समस्याको निकास निकाल्ने भनेर कुरा गर्नु भएको छ ।’ ईन्जिनियर दाहालले भने ‘ट्राफिक कार्यालयले बिराटनगरमा लगाएको नियम उदयपुरमा लगाएर निर्माण कार्य प्रभावित भयो ।’
अपिस जाने टाईममा बढी भिडभाड हुने भएकाले १ नम्बर ट्राफिक प्रहरी कार्यालय ईटहरीको निर्देशन अनुसार जिल्लामा पनि टिफर संचालनमा रोक लगाईएको उदयपुर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया