गाईघाट । मोटरसाईकलको ठक्करले यहाँ एक ७० वर्षिया बृद्धाको मृत्यु भएको छ । गाईघाटदेखि चुहाडेतर्फ जाँदै गरेको स ५ प ३६३७ नम्बरको मोटरसाईकलले गैरुनमा ठक्कर दिँदा बृद्धाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरका अनुसार त्रियुगा नगरपालिका ९ गैरुनकी बृद्धा मनमाया श्रेष्ठको मोटरसाईकलको ठक्करका कारण मृत्यु भएको हो । ठक्करदिने मोटरसाईकल र चालक सोलु स्थायी घर भई चुहाडे बस्ने १७ वर्षिय महेश राई नियन्त्रण रहेको एसपी मगरले बताए ।
साँझ पाउने ७ बजेको समयमा घाँसको भारी बोकेर सडक पार गर्ने क्रममा बृद्धालाई मोटरसाईकलले ठक्कर दिएको बताइएको छ । ठक्कर दिए लगत्तै उपचारका लागि त्रियुगा हस्पिटल पुर्याईए पनि हस्पिटलले मृत घोषणा गरेको थियो । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला हस्पिटल लगिएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया