गाईघाट । पछिल्लो समय सुस्ताएको बजार अनुगमन पुनः सक्रिय बनाईएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमनलाई सक्रिय बनाईएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाको अगुवाईमा गाईघाट बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुगमनबाट गाईघाट बजारको गुप्ता किराना पसल (लाले) को चामल गोदाम सिल गरिएको छ । खाद्यन्न भण्डार गरिएको गोदाममा अखाद्य तथा कुहिएका चामल फेला परेपछि सिल गरिएको प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिए । ‘ठुलो परिमाणमा चामल लगाएतका खाद्यन्न उपभोग गर्न नमिल्ने किसिमको फेला पार्याै ’ प्रशासकीय अधिकृत थापाले भने ‘समान उठाउन ट्रक नै चाहिने भएकाले अहिले सिल बन्दी गरेका छौ ।’ गाईघाटको पसलहरुमा विक्रि गर्न राखिएको मधु शान्ति फुड प्रोडक्टको स्वस्तीक छाप स्वायविनमा लेभल नभएकाले बरामद गरिएको छ । गाईघाट बजारका पसलहरुमा राखिएको स्वायविनमा उत्पादन मिती नभएकाले खान अयोग्य भएकाले बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दाहालले बताए । दाहालका अनुसार बरामद समान प्रक्रिया पु¥याएर नष्ट गरिने जनाईएको छ भने उत्पादन मिति नराख्ने उद्योगलाई कावाही गर्न पत्रचार गरिने छ ।  अनुगमन टोलीमा नगरपालिका, करदाता सेवा कार्याल, प्रहरी, उद्योग बाणिज्य संघ, पत्रकार लगाएतको सहभागिता थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया