उदयपुरः हत्याको आरोप लागेर फरारा भई मलेसिया पुगेका एक अभियृक्तलाई फर्केर घर आउँदा तीन वर्षपछि पक्राउ परेका छन । हत्याका आरोपित त्रियुगा नगरपालिका ५ दमौतीका ३३ वर्षे होमबहादुर काकीलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार २०७३ मंसिर २४ गते स्थानीय ३५ वर्षे मोहन बुढाथोकीलाई बन्चरो प्रहार गरी गम्भिर घाइते बनाएर फरार भएका थिए । ‘बन्चरो प्रहारले गम्भिर घाईते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ०७३ ।०८ ।३० गते मृत्यु भएको थियो,’ डिएसपी केसीले भने, ‘त्यसपछि कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो, त्यही मुद्धाको आधारमा पक्राउ गरिएको हो ।’
मृतका आफन्त जगत बहादुर बुढाथोकीले दिएको जाहेरीको आधारमा अभियुक्त कार्की विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । ‘जाहेरी मितिबाटै अभियुक्त कार्की फरार भई बिदेश (मलेसिया) पुगेछन,’ पुन डिएसपी केसीले थप्दै भने, ‘कार्कीको नाममा ०७५ ।०९ ।०२ गते रेडकर्नर नोटिस समेत जारी गरी खोजतलास भईरहेको थियो, तर, कार्की पुन मलेसिया बाट नेपाल आई काठमाण्डौमा लुकीपछी बसे ।’
डिएसपी केसीले कार्की पक्राउ बारे यसरी प्रष्ट्याउँदै भने, ‘कार्की काठमाण्डौबाट पनि भागे । त्यसपछि गोप्य सुचनाको आधारमा प्रविधिको प्रयोग गरी निरन्तर खोजी भयो । काठमाण्डौबाट उदयपुरतर्फ आउदै गरेको सुचना प्राप्तभएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले गएको विहिबार साँझ त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको हो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया