गाइघाट । दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिदै छ । प्रदेश १ सरकारले आज बिराटनगरबाट  हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो । अहिले बिराटनगर बिमानस्थलमा हेली आइसकेको छ । केही घण्टामा हेली उदयपुरको ताप्ली गाउँपालिकाको लागि उड्ने पत्रकार बाबुराम भण्डारीले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला
बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ।

दुई गाँउपालिकालागि १५ हजार ६२ किलोग चालम, १ हजार ५ सय ५ किलोग दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो। फोटो बाबुराम भण्डारीको फेसबुक

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया