रामपुर । श्रावन महिनाको उपलक्ष्यमा कुमारी बैंक लिमिटेडले एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम संचालन गरेको छ । कुमारी बैंक लिमिटेड उदयपुरको बेलका नगरपालिका शाखा कार्यालयले आज बाट एक हप्ते मेहेन्दी लगाइदिने कार्यक्रमको सुरुवात नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीलाई हातमा मेहेन्दी लगाइ दिएर सुभारम्भ गरेको हो । त्यैसै गरी प्रशासकिय अधिकृत रजिया चौधरी लगायतले हालमा मेहेन्दी लगाएका थिए । नारीहरुलाई शुभलक्ष्मी खाता संचालनमा उत्प्रेरणा प्रदान गर्न पनि यस कार्यक्रमको लक्ष्य रहेको बैंकका शाखा प्रमुख अमित कुमार झाले बताए । उक्त खाता संचालन गर्न एक सय देखि एक हजार रुपैया सम्मको न्युनतम ब्यालेन्स राख्नु पर्ने सहायक कर्जा अधिकृत जुडास खरेलले बताए । आजबाट श्रावन ६ देखि १२ गते सम्म बिहान १० बजे देखि बेलका ४ बजे कार्यलय समयमा मेहेन्दी लगाउने कार्यक्रम रहेको समेत उनि बताउँछन् । बैंकमा पुरा नै खातावाला महिला सदस्यहरुलाई पनि मेहेन्दी लगाउने पनि आयोजक कुमारी बैंकका एक कर्मचारी बताए । बैंकल ले सुन्ना ब्यालेन्स देखि ५ हजार ब्यालेन्स सम्मको खाता संचालन गरि रहेका छ । २०७५ बैशाख ३१ गतेबाट बेलका नगरपालिकामा शाखा सुरुवात गरेको बैंकमा हाल दुई हजार खातावाल सदस्यहरु रहेका छन्। श्रावन महिना महिला सुन्दरताको विषयमा बिशेष महत्व दिएको पाइन्छ । यस महिनामा नेपाली महिलाहरु हरीयो चुरा लगाउने, मेहेन्दी लगाउने, धार्मिक मठ मन्दिरमा पूजा आरधना गर्ने लगायतका काममा बिशेष चासो दिने गरेका छन् । कुमारी बैंक शाखा कार्यालय बेलकाले मेहेन्दी उत्सव, तीज गिफ्ट लगायतका कार्यक्रम वार्षिरुपमा गर्ने गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया