उदयपुर । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका-९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमति ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा बर्ष २० को अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन । यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारी सहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार तथा ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेकी बर्ष २० की गंगा कुमारी तामाङ, बर्ष १९ की लक्ष्मी तामाङ र बर्ष १७ की समिता तामाङ समेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निजहरु सबै जनाको बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया