बाढीमा फसेकाहरु घरको छानो र टाडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेको छ । बाँध भत्किदा घर भत्किनुको साथै गाई बस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताए । उनका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरेपनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन् । त्यस बस्तीमा अधिकांश राई समुदायको बसोबास रहेको छ । नेपाल टेलिकमको टावरमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् । स्थानीयहरुले उद्धारको लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
यस्तै त्रियुगा नदीको बाँध त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा दुई जनाको घर बाढीले भत्काएको छ । विष्णु मगर र प्रथम डुमको घर बाढीले भत्काएको छ ।

तपाईको प्रतिक्रिया