उदयपुर, असार २०
उदयपुरको चौदण्डीगढीमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मानोमानी रुपमा नीति, बजेट तथा कार्यक्रम ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेक.पा.) बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै च्यातेका छन । नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले ‘नीति, बजेट तथा कार्यक्रम’ पत्र घोषणासभामै च्यातेका शुक्रबार च्यातेका हुन ।
चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को लागि नगरपालिकाकाले घोषणा गरेको घोषणा पत्र घोषणासभामै च्यातच्युत पारेका थिए । शुक्रबार नगरपालिकाकाले आयोजना गरेको घोषणासभामा नगर प्रमुख खगेन्द्र राईले मनोमानी ढंगले ल्याएको नीति, बजेट तथा कार्यक्रमको घोषणा पत्र वडा अध्यक्षहरुले च्यातेका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमेगाईले बताए । ‘नगर सभामा नेकपा आवद्ध वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले मनोमानी रुपमा मेयरले बहुमतको दम्भ देखाएर नीति, बजेट तथा कार्यक्रम ल्याएको भन्दै विरोध जनाउँदै च्यातेको छन,’ उनले भने, ‘बहुमतको आधारमा पास भए पनि केही असन्तुष्ट समुहको कुरा नगरप्रमुखले नसुन्दा च्यातिएको हो ।’
घोषणासभामा नगर उपप्रमुख रीताकुमारी चौधरीले नीति, बजेट तथा कार्यक्रम पढेर सुनाएपछि नेकपा सम्बद्ध जनप्रतिनिधिले विरोध जनाउँदै रोष्टमा गएर विरोध गरेका थिए । विरोध सके लगतै घोषणाभसा कक्षबाट नीति, बजेट तथा कार्यक्रमको कागज च्यात्दै असन्तुष्ट जनप्रतिनिधिहरु बाहिरिएको प्रमुख प्रशासकीय अधिकृत हुमेगाईको भनाइ छ ।
नगर प्रमुख राईले आफु अनुकुल बजेट विनियोजन गरेको र बहुमतको दम्भ देखाउदै मनोपानी गरेकोले विरोध गर्दै नीति, बजेट तथा कार्यक्रम च्यात्नु परेको चौदण्डीगढी नगरपालिका ५ मा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) बाट निर्वाचित वडाअध्यक्ष देवनारायण चौधरीले बताए । ‘नगर सभा, नगर कार्यपालिकाको बैठक, छलफलमा समेत विरोध गर्दै आएका थियौ ।’ उनले भने, ‘जनताको माग सम्बोधन भएको छैन, अवका दिनमा ऐन कानुन प्रयोग गर्दै वैधानिक रुपमा नगर प्रमुख राईको विरोध गर्दै जाने छौ ।’
नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ सालको नगर सभामा नेकपा आवद्ध जनप्रतिनीधीहरुले पेश गरे अनुसारको योजना र कार्यक्रमलाई नगरप्रमुखले डस्विनमा प्mयाँकेको नेकपा सम्बद्ध जनप्रतिनिधीहरुको गुनासो छ । ‘नगरसभामा समेत पटक पटक सच्याउन माग गर्दै आएका थियौ,’ विरोध गर्ने अर्का वडाअध्यक्ष कमलध्वज राईले भने, ‘नेपाली काँग्रेसका जनप्रतिनिधिले काँग्रेसी शैलीमा नगरमापालिका चलाउन खोजेपछि विभिन्न समस्याहरु उत्पन्न हुँदै गएको छ, यो चौदण्डीगढी नगरपालिकाको लागि घाटा हो ।’
नगरपालिकाले माग गरे बमोजिम वडा भेलाबाट माग गरिएका योजनाहरुलाई समेत समावेश नगरी आफ ुनिकटका जनप्रतिनिधिहरुलाई मात्र योजनाहरु दिएको तथा नगरको समग्र विकासमा कुनै ठोस योजना नल्याएका कारण नगर सभा बहिस्कार गरेका नेकपाका जनप्रतिनिधिहरुको भनाइ छ । नगर सभामा पेश गरिएको कुल ६ं३ करोड २४ लाख रुपैयाम बजेटमा मेयर र उपमेयरले आफु अनुकुलका वडाहरु र योजनाहरुमा मात्र बजेट विनियोजन गरेको वडा अध्यक्ष प्रकाश राउतले बताए । ‘स्थानीय तह सरकारक सञ्चालन ऐन समेत मिचेर ल्याएको नीति, बजेट तथा कार्यक्रमको कुनै तुक छैन,’ उनले भने, ‘काँशी जानु कुती बाटो’ भने झै मेयरले एकलौटी काम गरेपछि विरोध गर्न बाध्य भएका हौं ।’
कुल ५४ जना कार्यापालिका सदस्य रहेको चौदण्डीगढी नरपालीकामा १७ जना नेकपाबाट विजयी भएका जनप्रतिनिधिहरु छन । ३७ जना नेपाली काँग्रेस बाट विजयी भएका जनप्रतिनिधिहरुले मनोमानी गरेको नेकपा सम्बध जनप्रतिनिधिको दावी छ ।
यता चौदण्डीगढीका नगर प्रमुख खगेन्द्र राईले नेकपाका जनप्रतिनिधिहरुले भने अनुसारको केहि नभएको र सहमतिको आधारमा ल्याएको बजेट च्यात्नुको कुनै तुक नहरेको घोषणाा गरेका छन । ‘नेकपाका जनप्रतिनिधिहरुले गरेको विरोधको माफी नमागे वडाको सिलिङ्ग बजेट समेत रोकिदिने छु,’ उनले भने, ‘मैले ऐन नियम अनुसार ल्याएको छु ।’
जनप्रनिधिहरु विच समन्वय र समजदारी नहुदाँ बजेट विनियोजनमा समस्या देखा पर्दै आएको छ । गएको वर्ष पनि चौदण्डीगढी नगरपालिकामा नेकपा र काँग्रेसका जनप्रतिनिधिबीच पानीको बोतल हानाहान भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

यसरी च्यातियो, हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया