कटारी । उदयपुरको कटारी नगरपालिका-४ मरुवामा जेठी सौताले कान्छीको घाटी रेटेर हत्या गरेकी छिन । ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई घाँटी रटेर हत्या गरेकी हुन । जेठी श्रीमती सीताले कान्छी श्रीमती लक्ष्मी राइलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले बताए ।

कृपया यो पेज Like गर्नु होला

श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी थिइन । हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया