बेल्टार । निर्माणधिन मदनभण्डारी लोकमार्गमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय वेल्टारका अनुसार खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा हुँदा मृत्यु भएको हो ।
इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलका अनुसार चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ३५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए । बसाहाबाट वेल्टारबजार जाँदै गरेको बा२क ७०९ नम्वरको टिपरले स४प३६१ नम्वरको मोटसाईकललाई ठक्कर दिएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया