उदयपुर/ मदन भण्डारी लोकमार्ग अर्न्तर्गत चौदण्डिगढी नगरपालिका – ७ लाटी खोलामा आज बिहान १० बजे भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । बसाहबाट बेल्टार बजार आउदै गरेको स १प ३६१ नम्बरको मोटरसाइकललाइ सोहि दिशाबाट आउदै गरेको बा २ क ७०९ नम्बरको टिपरले ठक्कर दिदा चौदण्डिगढी नगरपालिका – ४ बसाहका ४५ बर्षिय खगेन्द्र राइ र ३५ बर्षिय जिवन राइको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गगा पौडेलले बताए । मोटरसाइकल ठक्कर दिने टिपर चालक फरार रहेको प्रहरी निरीक्षक पौडेलले बताए । टिपर ईलाका प्रहरी कार्यलय बेल्टारको नियन्त्रणमा राखिएको छ । टिपर लोकमार्गमा निर्माणा हुदै गरेको पुलका लागी कोभेक/रसुवा /तुन्दी जेभिले प्रयोग गरेको हो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया