गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय गाईघाटले खाद्य पशु र कृषि (एस पि एस) सम्बन्धित सरोकारवाला संग एक दिने गोष्ठी सम्पन्न गरेको छ । जिसस सभापती खड्ग परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सभापती परियारले अहिले नेपालको संविधान र कानुनले उपभोक्तको अधिकार सुनिस्चित गरिसकेकोे बताएका हुन । परियारले भने सबैको अधिकार दिलाउन र लिन सबै सरोकारबाला सचेत रहनु पर्नै प्रमुख अतिथि तथा जिसस सभापती परियारले बताएका थिए । कार्यक्रमका सभापती तथा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानेर बुझेर पनि उपभोक्ता अधिकारमा खेलवाड गर्ने र अटेर गर्ने ब्याबसायीलाई कार्वाही हुने बताएका छन् ।
समय संर्दभ फेरिएको र देशमा प्रयाप्त कानुन भए पनि यसको महत्व बुझाउन अभ्यास गराउन केहि समय लाग्ने बताएका छन् । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत जिल्ला घरेलु कार्यालय उदयपुरका प्रमुख शम्भु प्रसाद शाह जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर उद्योगी ब्याबसायीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सहजिकरण कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारीले गरेका थिए । कार्यक्रमलाई संयोजन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख रमेश दाहालले गरेका थिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया