समाचार/लेखलाई सेयर गर्नुहोस् ।

चित्र कार्की

कृपया यो पेज Like गर्नु होला

गाईघाट । घरेलु तथा साना उद्योग द्वारा आयोजित युवा उद्यमशिलता कार्यक्रकम अन्तर्गत संचालित ३ महिने मोबाईल मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । बिहिबार जिल्ला समन्य समिती सभापती खड्ग परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै सभापति परियारले युवालाई समय सान्दार्भिक तालिमले देश बिकासमा टेवा पुग्ने बताएका हुन । उनले भने यस्ता तालिमले सरकारले लिएको लक्ष्य समेत पुरा हुदै जाने समेत विस्वास ब्यक्त गरेका छन् । छनोटमा परेका उद्यमीहरु प्रकास राउत,बसन्त राई,रोनित भण्डारी,विपन बस्नेत,बालकुमार मगर,किसोर कार्की,कैलास रायमाझी बेद बहादुर थापा ,मनराज राई, चतुरमान थापा मगरलाई सभापती परियारले प्रमाण पत्र विरण गदै ब्यावसायीक शुभकामना समेत दिएका थिए । घरेलु तथा साना उद्योग बिकास समितिको सभाहलमा आयोति कार्यक्रममा छनोट भएका युवालाई असि प्रशतिसन छुटमा हट गन पावर सप्लाई समेत हस्तान्त्ररण गरिएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग निर्देशक तथा कार्यक्रमका सभापती शम्भुप्रसाद साहले युवाले ब्यावसायी भएर लक्ष्यमा पुगे मात्रै खुशी मिल्ने र कार्यक्रमले सार्थकता पाउने बताएका छन् ।
साहले भने उद्यमीको अझै क्षमता विकासका लागि अन्य कार्यक्रम समेत ल्याउने बताएका छन् । तालिम २०७५ फागुन बाट सुरु भएको थियो । तालिम सहजिकरण युवा उद्यमी सुनिल गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया