समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । जिल्लामा लागु औषध नियन्त्रण सम्बन्धी दिवस विविध कार्यक्रमका साथ सप्ताहव्यापीरुपमा मनाईने भएको छ ।
विहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षताको बैंठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । लागु औषध नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय दिवस (जुन २७) लाई सफल पार्न साताव्यापी कार्यक्रम तय भएको छ । बैंठकले अषाढ ५ गतेभित्रलागु औषध उत्पादन, ओसार पसार तथा सेवन गर्नेलाई हुने दण्ड सजाय सम्बन्धी जानकारीमुलक सूचनाको फ्लासबोर्ड बनाई राख्न र स्थानीय सञ्चार माध्यमहरुमा प्रशारण गर्न सबै स्थानीयतहलाई अनुरोध गर्ने निर्णय भएको छ । अषाढ ६ र ८ गते प्रहरी
विद्यालय सम्पर्क समिति गठन भएका विद्यालय, शैक्षिक संस्थाहरुमा विद्यार्थी तथा अभिभावकहरुबीच लागु औषधविरुद्ध सचेतना कार्यक्रम
गर्ने निर्णय भएको छ । त्यस्तै ७ गते लागु औषध सम्बन्धी विशेष अनुगमन गर्ने, ९ र १० गते लागु औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी अवैधरुपमा लगाइएको खेती नष्ट गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गर्ने निर्णय पनि भएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया