त्रियुगा नगरपालीका का नगर प्रमुख बलदेव चौधरीले टोल बिकास संस्थाहरुको बार्षिक बुलेटीन २०७६ एक कार्यक्रमका विच विमोचन गर्नु भएको छ । त्रियुगा नगरपालीका को बस्तुगत विवरण, टोल विकास संस्था सम्बन्धी विबरण र टोल विकास संस्था नगर समन्वय समितिको प्रगति प्रतिवेदन उल्लेख भएको उतm ५८ पृष्ट लामो बुलेटीन को आईतवार विमोचन भएको हो । टोल विकास संस्था नगर समन्वय समिति को संयोजन र त्रियुगा नगरपालीकाको आयोजनामा त्रियुगा नगरपालीका को हलमा आयोजित शिक्षित, सभ्य र समुन्नत समाजको निर्माण, टोल विकास संस्थाहरुको अभियान भन्ने मुल उदेस्यका साथ त्रियुगा नगरपालिका मा दर्ता भएका टोल विकास संस्थाहरुको बार्षिक नगर भेला कार्यक्रममा मेयर चौधरीले उतm बुलेटीन बिमोचन गर्नु भएको हो । भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख चौधरीले टोल विकास संस्थाहरुले जनचेतना अभिबृद्धी, सरसफाई, सामुदायिक मेलमिलाप, बातावरण संरक्षण, भौतिक निर्माण लगायतको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै टोल विकास संस्थाहरु लाई धन्यवाद समेत दिनु भयो । साथै आज बिमोचन भएको टोल विकास बुलेटीनले टोल विकास संस्थाहरुमा अझ हौसला प्रदान गर्ने र नगरवासीहरुले समेत टोल विकास संस्था का बारेमा जानकारी हासिल गर्न मदत गर्ने धारण समेत राख्नु भयो । त्रियुगा नगरपालीका भित्र दर्ता भएका २ सय ६७ वटा टोल विकास संस्थाहरुको पदाधीकारी लगायतको सहभागिता रहेको उतm कार्यक्रममा त्रियुगा नगरपालीका उप प्रमुख, विभिन्न वडाका अध्यक्षहरु लगायले आफनो भनाईहरु राख्नु भएको थियो । भेलामा टोल बिकास सस्ंथाहरुले टोल टोलमा गरेका कार्यक्रमहरु जानकारी गराईएको थियो भने टोल विकास संस्थाहरुले अव गर्नु पर्ने काम कर्तव्यहरु बारे समेत जानकारी समेत गराईएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया